कोरोनाको मृत्युदर बढ्दो, संक्रमणदर घट्दो

कोरोनाको मृत्युदर बढ्दो, संक्रमणदर घट्दो

कोरोना संक्रमणको तेस्रो लहर सुरु भएयता आज सबैभन्दा धेरै संक्रमितको मृत्यु भएको छ । गत चार दिनमा मृत्यु भएका चारसहित ३२ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार एक सय ४५ नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । नौ हजार नौ सय १० पीसीआर परीक्षण गर्दा तीन हजार ४९ जनामा र तीन हजार दुई सय ३५ एन्टिजेन परीक्षण गर्दा चार सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार नौ सय ९९ जना छ । मन्त्रालयका अनुसार गत २४ घण्टाको कूल पीसीआर परीक्षण गर्दा ३० दशमलव ८ प्रतिशत संक्रमण दर रहेको छ । त्यस्तै, यो अवधिभर ६ हजार तीन सय ५९ जना कोरोना संक्रमणमुक्त भएको बताइएको छ ।

टिप्पणीहरू