मेयरका छोराले डेढ करोड खाइदिएको भन्दै प्रहरीमा बिलौना
दाङको तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका छोराले डेढ करोड रकम नतिरेको भन्दै एक व्यक्तिले प्रहरीमा उजुर गरेका छन् ।
निर्माण व्यवसायीसमेत रहेका मेयर पाण्डेका छोरा अनुप पाण्डेले आफूलाई तिर्नुपर्ने १ करोड ४४ लाख रकम नदिएको भन्दै घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले प्रहरी गुहारेका हुन् ।
बस्नेतले आज अनुपविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी परेपछि घटना बाहिरिएको हो । अनुपले घोराही–तुलसीपुर सडक निर्माणको क्रममा आफ्नो टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको रकम नदिएको बस्नेतको दाबी छ ।
तर, जिप्रका दाङले भने यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ । त्यहाँका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले उजुरी परेकोबारे थाहा नभएको भन्दै थप बोल्न चाहेनन् । जनआश्थासँगको कुराकानीमा उनले आफू कार्यालयबाट बाहिर रहेको र उजुरीका सम्बन्धमा के कसो हो भन्न नसक्ने बताए ।
मेयर घनश्याम पाण्डेले पनि छोराविरुद्ध परेको उजुरीबारे आफूलाई केही थाहा नभएको बताएका छन् । छोरो अनुप छुट्टिएर बसेको लामो समय भएकाले उसले गरेको व्यावहारबारे जानकारी नभएको र आफू जिम्मेवार नरहने उनको भनाइ छ ।
टिप्पणीहरू