२१ दिनदेखि इन्टरनेट नहुँदा कामकाज ठप्प

२१ दिनदेखि इन्टरनेट नहुँदा कामकाज ठप्प

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा झण्डै एक महिनादेखि इन्टरनेट सेवा अवरुद्ध छ । जसकारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वर्ल्डलिंकको टावरमा खराबी आउँदा अदानचुलीमा २१ दिन देखि इन्टरनेट सेवाले काम गर्न छोडेको हो । कहिलेकाहीँ बिहानको सयम एक-दुई घण्टा मात्रै काम गर्ने गरे पनि अन्य समय काम गर्न छोडेकाले सेवाग्राहीले समस्या भोग्नु परेको छ ।

टावरमा खराबी आएर इन्टरनेट सेवा अवरुद्ध हुँदा यस क्षेत्रका बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, गाउँपालिका र प्रत्येक वडा कार्यालयमा काम गर्न थप समस्या बनाएको छ ।

इन्टरनेट नहुँदा बैंकमा दिनहुँ बैंकिङ कारोबार ठप्प हुनुका साथै लाभान्वित सेवाग्राहीलाई भुक्तानी दिन नसकेको ग्लोबल आइएमई बैंकले जनाएको छ । सेवाग्राहीले बैंकमा इन्टरनेट नहुँदा रित्तो हात लिएर फिर्ता हुने गरेको र दैनिक नागरिकले सास्ती खेप्नुपरेको छ ।

अवरुद्ध भएको वर्ल्डलिंक मर्मतका लागि कर्मचारी पठाउने तयारी भइरहेको बताइएको छ ।

टिप्पणीहरू