सीसीटीभीका लागि ललितपुरले दुई करोड खर्चिने

सीसीटीभीका लागि ललितपुरले दुई करोड खर्चिने

ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा सीसीटीभी क्यामेरा जडान गरिने भएको छ । महानगर र महानगरीय प्रहरी परिसर जावलाखेलको सहकार्यमा सीसीटीभी क्यामेरा जडान गरिने भएको हो ।

सीसीटीभी क्यामेरा जडानका लागि महानगर र प्रहरीबीच आज एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर पत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन र परिसरका वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले हस्ताक्षर गर्नु भएको हो ।

महानगरले दुई करोड लगानीमा सीसीटीभी क्यामेरा जडान गर्ने भएको हो । जडानका लागि प्रहरीले महानगरलाई प्राविधिक सहयोग गर्नेछ ।

सीसीटीभी क्यामेरा हाललाई स्मार्ट सडकबत्ती जडान भएका रुटमा राखिने बताइएको छ ।

टिप्पणीहरू