जापानद्वारा खोप चिस्याउन सामाग्री सहयोग

जापानद्वारा खोप चिस्याउन सामाग्री सहयोग

नेपालमा खोप चिस्याउने प्रणाली सशक्त पार्न जापान सरकारले राष्ट्रसंघीय बाल कोष युनिसेफमार्फत विभिन्न सामाग्री प्रदान गरेको छ । सहयोगअन्तर्गत जापानले उच्च गुणस्तरको खोप सामाग्री प्रदान गरेको हो ।

जापानले ९ ओटा वाक–इन–कुलर्स, ३८ ओटा सौय उर्जामा चल्ने फ्रिज, एक हजार १ सय ९ ओटा लामो दूरीमा खोप बोक्ने सामग्री र ५३ ओटा चिस्याउने बाकस (कोल्ड बक्स) प्रदान गरेको हो । खोप सामग्रीका लागि जापानले गत वर्षदेखि निरन्तर नेपालभर सहयोग प्रदान गर्दै आएको छ ।

खोप अभियानमा खोपको उचित भन्डार महत्वपूर्ण भएको र जापानको सहयोगको उदेश्य पनि भन्डारणको क्षमता बृद्धि र देशभर खोप वितरण गर्नु रहेको जापानका राजदूत किकयुता युताकाले बताए ।

नेपालमा कोभिडविरुद्ध पहल मजबुत पार्न जापानले अहिलेसम्म खोप, एम्बुलेन्स, मेडिकल तथा चिस्याउने उपकरणलगायतका सामाग्री अनुदान दिएको छ ।

टिप्पणीहरू