जुत्ता रंगाउनेलाई क्युआर,सुन बेच्नेलाई के ?

जुत्ता रंगाउनेलाई क्युआर,सुन बेच्नेलाई के ?

राजधानीको एउटा चोकमा अरुका जुत्ता चप्पल बनाइदिने,पालिस गरिदिने पौरखी हातले बुझ्ने एकाध रुपैयाँको निम्ति डिजिटल पेमेण्ट सिष्टम राखेका छन् । जुत्ता, चप्पलको छेउमा क्युआर कोडको स्टाण्ड देख्न सकिन्छ ।

ग्राहकले नगदको सट्टा उनको बैंक खातामा सोझै रकम जम्मा गर्ने गरी क्युआर कोडमा घोटेर रकम दिन सक्छन् । दैनिक मुश्किलले एक हजार रुपैयाँ आम्दानी गर्ने र सडकपेटीमा बस्नेले बरु यसरी राज्यका निर्देशनको पालना गरेका छन् ।

“यस्तो किन ? किनभने प्राप्त रकम सोझै बैंक खातामा जम्मा भएपछि सुनको खरिद,बिक्री र जर्तीको हिसाब मिल्दैन ।”

तर,राजधानी र मोफसलका सुन चाँदी पसलमा क्युआर कोड मात्रै होइन,आईपीएस वा चेकबाट समेत भुक्तानी लिईंदैन । उनीहरुले लाखौं रुपैयाँ नगद बुझ्छन् । नगद नदिने ग्राहकलाई सुनका गहना बेच्न चाहँदैनन् । यस्तो किन ? किनभने प्राप्त रकम सोझै बैंक खातामा जम्मा भएपछि सुनको खरिद,बिक्री र जर्तीको हिसाब मिल्दैन ।

हिसाब नमिलेपछि लफडा हुन्छ । लफडा भएपछि व्यवसाय चौपट हुन्छ । व्यवसाय चौपट भएपछि सँधै धनी भइरहने योजनामा पूर्णविराम लाग्छ । यसतर्फ कसले सोच्ने ? नेपाल राष्ट्र बैंकले कि अर्थ मन्त्रालय मातहतका निकायले ?

टिप्पणीहरू