आचासंहितालाई पिनेर अचार बनाइँदा

आचासंहितालाई पिनेर अचार बनाइँदा

नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्ण खुलालसहित १३ जना वडाध्यक्ष पराजित भएका छन् । जनताको मतले जितेकाहरूलाई म्याद सकिन लाग्दा पार्टीको निर्वाचनमा भने असफलता हात लागेको हो ।

मतमा पछि पर्नेहरूमा धुलिखेल २ का देवप्रसाद कोइराला, १० का पुष्प राउत, १२ का हर्कबहादुर तामाङ, चौरीदेउराली गाउँपालिकाका रेशम चौलागाईं, बनेपा ३ का कृष्णप्रसाद दाहाल, रामबहादुर कुँवर, शिवकुमार थापा, मण्डनदेउपुरका झलकप्रसाद पौडेल, पनौतीका गुणनाथ सापकोटा, पाँचखालका पुष्कर ढकाल, नमोबुद्धका रामशरण हुमागाईं, भुम्लुका डेगबहादुर कुँवर छन् ।

शिक्षक मोहन भुजेल माओवादी केन्द्रबाट समायोजन भएकाले निर्विरोध भए । अदालतले शिक्षकहरूलाई सक्रिय राजनीतिमा पदसहित समावेश हुन आदेश जारी गरेको भए पनि एमालेले भुजेललाई निर्विरोध गरेको छ भने अन्य केहीले पनि निर्वाचनमा सहभागी भई विजय हासिल गरेका छन् ।

पत्रकार र शिक्षकले सक्रिय राजनीतिमा सहभागी नहुने भनिए पनि काभ्रेमा १० भन्दा धेरै पत्रकार एमालेको जिल्ला सदस्य छानिएका छन् ।

पूर्वअध्यक्ष भोजराज तिमल्सिना, सल्लाहकार नवराज बजगाई, पत्रकार महासंघको सदस्य पूर्णचन्द्र सिग्देल, दयाराम महत (धुलिखेल अध्यक्ष), सुरेश हुमागाईं (पनौती अध्यक्ष), पत्रकारहरू होम चौलागाईं, सजना आचार्य, श्याम सापकोटालगायत निर्वाचनमा सहभागी भए ।

टिप्पणीहरू