तीनै तहका सरकारसँग खोप विवरण मागियो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण आगामी शुक्रबारसम्म पठाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ । मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै आँउदो शुक्रबारसम्म विवरण बुझाउन भनेको हो ।
मन्त्रालयले शुक्रबार दिउँसो ३ बजेसम्म कोभिडविरुद्ध खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण डीएचआईएस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न भनेको छ ।
सरकारले हालसम्मको खोप विवरणको अभिलेखका सम्बन्धमा छानबिन गर्न हिजो समिति गठन गरेको थियो । समितिले दुई सातामा प्रतिवेदन पेस गर्ने जनाइएको छ ।
टिप्पणीहरू