काभ्रेमा सभामुख र पुल्चोकमा मन्त्रीलाई एमालेको कालो झण्डा
सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइएको छ । गृहजिल्ला सिन्धुपाल्चोक जाँदै गर्दा उहाँलाई एमालेको भातृ संगठन अनेरास्ववियुले आज बिहान बनेपामा कालो झण्डा देखाएको हो ।
आफ्नो पार्टी विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप एमालेले लगाउँदै आएको छ । त्यसैको विरोधमा संसद अवरुध्द गरिरहेको एमाले उहाँविरुध्द सडकमा ओर्लिएको हो ।
यसअघि आज बिहान पुल्चोकमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि एमाले कार्यकर्ताले कालोझण्डा देखाएका थिए ।
टिप्पणीहरू