कोरोनाको रिपोर्ट पोजिटिभलाई नेगेटिभ बनाउने गिरोह समातिँदै
प्रहरीले कोरोना परिक्षणको रिपोर्ट पोजिटिभलाई नेगेटिभ बनाउने एउटा समूहलाई समात्दै छ । विदेश जान चाहनेहरुका निम्ति भनेअनुसारको रिपोर्ट बनाउने गिरोहलाई भक्तपुरबाट समात्ने तयारी थालिएको हो ।
भक्तपुरको एउटा ल्याब भनिएको उक्त स्थानबाट झण्डै २ दर्जन जनालाई समात्ने तयारी रहेको बुझिएको छ । पासपोर्ट र फोटोसमेत अर्कै व्यक्तिको भएको त्यस्तो रिपोर्ट बनाउने समूहको बिगबिगी बढेपछि प्रहरीले केही दिनदेखि निगरानी बढाएको थियो ।
स्वाब परिक्षणमा बिचौलियाको कारण शुल्कसमेत महँगो भएको बताइएको छ । बजारमा एकाध सय पनि नपर्ने एन्टिजेन परिक्षण किटको समेत साढे सातसय रुपैयाँ लिने गरिएको छ । पीसीआर परिक्षणको सरकारी ल्याबमा एक हजार र निजी ल्याबमा १५ सय रुपैयाँ लिने गरिएको छ । जबकि परिक्षण किट र केमिकलको मूल्य त्यसको आधा मात्रै पर्छ ।
टिप्पणीहरू