खोपकार्डविरुद्ध सर्वोच्चमा रिट

खोपकार्डविरुद्ध सर्वोच्चमा रिट

खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोखरेलले आज रिट दायर गरेका हुन् ।

रिटमा खोप कार्ड नभएकालाई सेवाबाट बञ्चित गर्नेदेखि सार्वजनिकस्थलमा प्रवेश रोकसमेत लगाउने सरकारी निर्णय गैरकानुनी भएको उल्लेख छ । उनीहरुले नेपाली नागरिकलाई सहजताका साथ खोप उपलब्ध गराउन परमादेशलगायत आवश्यक आदेशको माग गरिएको छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी बनाइएको छ ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2022/02/Writ-Covid-Khop.pdf”]

टिप्पणीहरू