प्रधानमन्त्रीले कुरो हिजै राखेपछि छलफल अहिले गर्दै

प्रधानमन्त्रीले कुरो हिजै राखेपछि छलफल अहिले गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरुसँग अहिले बालुवाटारमा भेट्नुभएको छ । प्रधानमन्त्रीले स्थानीय तह निर्वाचनको मिति तयबारे आयोगका पदाधिकारीबीच अहिले ३ बजेदेखि प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा भेटघाट थाल्नुभएको हो ।

यसअघि आयोगले आगामी वैशाख १४ र २२ गतेका लागि दुई चरणमा स्थानीय तहको चुनाव प्रस्ताव गरेको थियो । तर सत्तारुढ गठबन्धन दलहरुबीच जेठ महिनाभित्र चुनाव गर्ने सहमति भएको छ । सोही क्रममा प्रधानमन्त्रीले हिजो साँझ नेपाली कांग्रेस बागमती प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा स्थानीय तहको निर्वाचन जेठ ४ गते हुने बताउनुभएको थियो ।

उहाँले संविधानअनुकुल बनाउन स्थानीय तह निर्वाचन सम्बन्धी ऐनमा संशोधन गरेर भए पनि जेठको पहिलो साता नै निर्वाचन गर्ने तयारी भइरहेको जानकारी गराउनुभएको थियो ।

‘प्रधानमन्त्रीज्यूले ४ जेठमा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने जानकारी दिँदै तयार भएर लाग्न निर्देशन दिनुभएको छ,’ कांग्रेस बागमती प्रदेश समितिका एक जना नेताले भनेका छन् ।

तर स्थानीय तहको निर्वाचनको मितिबारे आज निर्वाचन आयोगसँग छलफल गर्ने भन्दै प्रधानमन्त्रीले आयोगका पदाधिकारीहरुलाई डाक्नुभएको हो । सम्भवतः जेठ मसान्तभित्र दुई चरणमा सम्पन्न गर्ने गरि नयाँ मिति प्रस्ताव हुन सक्ने आकलन गरिएको छ ।

आयोगका पदाधिकारीहरुले भने जेठ ५ गते अगावै निर्वाचन गर्न ऐन संशोधनको आवश्यकता नरहेको बताएका छन् ।

टिप्पणीहरू