आज संक्रमण घट्यो, मृत्यु उस्तै
गत २४ घण्टामा मुलुकभर पाँच हजार पाँच सय ८३ जना कोरोना संक्रमित भेटिएका छन् । १७ हजार छ सय ७४ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएको हो ।
यो अवधिमा आठ हजार दुई सय ६७ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९१ दशमलव १ प्रतिशत रहेको छ । मुलुकभर अझै ७४ हजार छ सय ५३ जना सक्रिय संक्रमित छन् । आज नौ जनाले ज्यान गुमाएसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार सात सय ५२ पुगेको छ ।
कोरोनाको तेस्रो लहर सुरु भएदेखि नै सबैभन्दा धेरै संक्रमित उपत्यकामा छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा एक हजार नौ सय सात जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा एक हजार चार सय चार जना संक्रमित थपिएका छन् । भक्तपुरमा एक सय ९५ र ललितपुरमा तीन सय आठ जना पुष्टि भएका हुन् ।
काठमाडौंमा सक्रिय संक्रमितको संख्या २९ हजार पाँच सय २० पुगेको छ । भक्तपुरमा पाँच हजार दुई सय ८८ र ललितपुरमा नौ हजार सात सय २३ जना सक्रिय संक्रमित छन् ।
टिप्पणीहरू