​ज्योति मगर पनि जोखिममा

आस्था राउतले प्रहरीमाथि अभद्र व्यवहार गर्नु ठीक एक साताअघि ज्योति मगरले मदिरा पिएर दरबारमार्गस्थित रेष्टुरेण्टका कामदारसँग अभद्र व्यवहार गरिन् । ज्योतिसहित एकजना केटा र एक केटी साथीले सात हजारको मदिरा र सितन खाए । पैसा तिर्ने बेला स्वाइप मेसिन नभएको भन्दै ज्योतिले लफडा झिकिन् । रेष्टुरेण्टका कामदारले सम्हाल्न नसकेपछि दरबारमार्ग प्रहरीमा खबर पुग्यो । प्रहरीले अभद्र व्यवहारमा मुद्दा चल्न सक्छ भनेपछि हत्तपत्त पर्सबाट पैसा झिकेर तिरेकी छन् । 

जयनेपाल रोडमा रहेको किङ्स प्यालेस लाउञ्ज बारमा भएको घटना हो यो । तर, यो बिषयमा जनआस्थाले सम्पर्क गर्दा उनले ‘आफूहरू पीडित भएको सुनाइन् । ‘आफ्ना साथीलाई त्यहाँका कामदारले काउन्टरअगाडि बसिरहेको समयमा हातपात गरेको र न्याय खोज्दै दरबारमार्ग प्रहरी चौकी पुगेको, त्यो रात अबेला भएको कारण प्रहरीले भोलिपल्ट मुद्दा दायर गर्न बोलाएको भए पनि आफूहरूले मुद्दा दायर नगरेको’ उनको जिकिर छ । ज्योतिले थपिन्, ‘रेष्टुराँका कामदारसँग हाम्रो लेबल मिल्दैन, उल्टै मुद्दा मामिला गर्दा इज्जतमा दाग लाग्छ भन्ने भएपछि हामीले केही गरेनौं । हामी सहेर बसेका छौं भने यो इस्युलाई चकाृउन तपाईंलाई मात्रै के चासो ?’ 

टिप्पणीहरू