सर्वोच्चका श्रीमान् श्रीमती वाराणसीतिर

सर्वोच्चका श्रीमान् श्रीमती  वाराणसीतिर

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेल भारत जानुभएको छ । उहाँ आज बिहान सवा सात बजे बुद्ध एयरको उडानबाट वाराणसी हुँदै त्यता प्रस्थान गर्न लाग्नुभएको हो । 

न्यायाधीश पोखरेलसँगै पत्नी रिमा शर्मा पनि हुनुहुन्छ । उहाँहरुको भारत भ्रमणको प्रयोजनबारे थप जानकारी गराइएको छैन । तर, पोखरेल दम्पत्तिलाई भीआइपी कक्ष उपलब्ध गराउन आग्रह गर्दै सर्वोच्च प्रशासनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयलाई हिजै पत्र पठाएको थियो ।

विमानस्थल सुरक्षा इकाई, अध्यागमन कार्यालय र अन्तराष्ट्रिय विमानस्थललाई बोधार्थ गरिएको पत्रमा सहज प्रस्थानको लागि आवश्यक सहयोगको आग्रह गरिएको छ ।  
यसैगरी सर्वोच्चका अरु २ जना श्रीमान पनि यतिबेला बिदामा छन् । ती सारङ्गा सुवेदी र हरि फुयाल हुन् ।

टिप्पणीहरू