एमालेका नेताहरु भक्तपुरमा बस्ने

एमालेका नेताहरु भक्तपुरमा बस्ने

स्थानीय तह निर्वाचनबारे छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बोलाइएको छ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

१९ सदस्यीय सचिवालय बैठकमा पार्टी संगठनलगायत विभिन्न विषयमा छलफल गर्ने तयारी छ । बैठकमा चुनावकाे रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल हुने बताइएको छ ।

हिजो बसेको केन्द्रीय कार्यालय बैठकले सचिवालयमा छलफल गर्ने एजेण्डा तय गरेको थियो ।

टिप्पणीहरू