मन्त्री आले जुवाघर छिरे
पर्यटन विभागले रोयल्टी नतिर्ने पाँच क्यासिनोको इजाजत खारेज गर्ने चेतावनी दिएको छ । रोयल्टी, नवीकरण तथा अन्य रकम भुक्तानीमा पटक-पटक ताकेता गर्दा पनि पाँच क्यासिनोले आनाकानी गरेको भन्दै विभागले यस्तो चेतावनी दिएको हो ।
आज सार्वजनिक सूचना जारी गर्दै विभागले होटल याक यण्ड यती, ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन होटल), क्यासिनो सन्चालक ह्याप्पी आवर, रक इन्टरनेशनल र सेन्ट्रल मिडिया प्रालिले बक्यौता नतिरेको जनाएको छ ।
बक्यौता रकम दाखिला गर्न गत कात्तिक ७ गते ३५ दिने र पुस २७ गते १५ दिनको म्याद तोकी पत्राचार गरिएकोमा पाँच वटा क्यासिनो कम्पनीले अटेर गरेको भन्दै विभागले थप सात दिने म्याद तोकेर अविलम्ब भुक्तानी गर्न पनि भनेको छ ।
अन्यथा कानुनअनुसार कारवाही हुने विभागको चेतावनी छ ।
ह्याप्पी आवरले २१ करोड ५५ लाख, होटेल याक एन्ड यतीले २० करोड ६८ लाख १५ हजार, ओरियन्टलले १८ करोड ७६ लाख, सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार र रक इन्टरनेशनलले ११ करोड ४५ लाख वक्यौता तिर्न बाँकी रहेको विभागको भनाइ छ । यो बाँकी रोयल्टी रकम आर्थिक वर्ष २०७६।७७ को हो ।
प्रेम आले नेतृत्वको संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको माघ १८ गतेको सचिवस्तरीय निर्णयले सात दिने सूचना निकाल्ने र सो अवधिमा पनि बक्यौता नतिरे कानुनबमोजिम कारवाही गर्ने निर्णय गरेको हो ।


टिप्पणीहरू