भरतपुर अस्पताल भोलिदेखि सूचारु

भरतपुर अस्पताल भोलिदेखि सूचारु

चितवनको भरतपुर अस्पतालले बन्द भएका सेवाहरु भोलिदेखि सूचारु गर्ने भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएसंगै स्थगित गरेका सेवाहरु अस्पतालले भोलिदेखि सूचारु गर्न लागेको हो ।

अस्पतालका अनुसार यसअघि स्थगित भएको ओपिडी सेवा र नियमित शल्यक्रिया भोलिबाट पुनः सञ्चालन हुदैछ ।

चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढेपछि अत्यावश्यक सेवाका लागि जनशक्ति कम भएकाले यी सेवा स्थगित गरिएको थियो । कोरोना कहरपछि शल्यक्रिया नगरेपनि हुने खालका बिरामीलाई अस्पतालले घरमै बस्न आग्रह गरेको थियो ।

भोलिदेखि सेवा सूचारु भएपनि कोरोनाको जोखिम कायमै रहेको जानकारी गराउँदै अस्पतालले स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न भनेको छ । अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूर्णपालना गर्न आग्रह गरिएको छ ।

अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

टिप्पणीहरू