सिन्ह्वाको समाचारमा नेपालको स्वस्थानी पर्व
नेपालमा हिन्दु भक्तजनले मनाइरहेको स्वस्थानी ब्रतकथा पर्वबारे चिनियाँ समाचार संस्था सिन्ह्वाले आज फोटोसहित समाचार प्रेषित गरेको छ । एक महिनासम्म चल्ने यो पर्वमा भक्तजनले धार्मिक ब्रत,पवित्र स्नान र स्वस्थानी ग्रन्थको अध्ययन गर्ने उल्लेख छ ।
स्वस्थानीब्रत कथा सौभाग्य,कल्याण र शक्तिको लागि वाचन गरिने सिन्ह्वाले लेखेको छ । देवीको महिमा र पूजा प्रायः माघ शुक्लको पवित्र समयमा गरिने प्रसङ्ग पनि त्यसैमा समेटिएको छ ।
सिन्ह्वाले प्रकाशित गरेका फोटोमा भक्तजनहरूले बाग्मती नदीमा स्नान गरेर स्वस्थानी ब्रतकथा धुमधामसँग मनाएको देख्न सकिन्छ ।
टिप्पणीहरू