प्रहरीलाई तथानाम भन्दै ज्वाला र शाहीको टोली, पुण्य पनि मिसिए
सामाखुसीस्थित ट्रिपल स्टार इम्प्लोइमेन्टमा हिजो भएको दुई समूहबीचको कुटपिटको घटनालाई लिएर ‘सामाजिक अभियान्ता’हरु विरोध प्रदर्शनमा उत्रिएका छन् । प्रहरीले घटनाका दोषीविरुद्ध उजुरी दर्ता गर्न नमानेको भन्दै महानगरीय प्रहरी वृत्त महाराजगञ्ज अगाडि उनीहरुले पदर्शन गरेका हुन् ।
ज्वाला र शाहीको टोली प्रहरीलाई गालिगलौज गर्दै अहिले प्रदर्शन गरिरहेको छ । उनीहरुले ‘प्रहरी दमन मूर्दावाद’, ‘डिएसपी राजीनामा दे’, ‘साँठगाठ बन्द गर !’ जस्ता नारावाजी गरेका छन् ।
ड्युटीमा खटिएका प्रहरीलाई हातपात गरेको अभियोगमा यसअघि अदालतसम्म पुगेकी संग्रौला प्रदर्शनमा उग्र बनेकी छिन् । सो क्रममा उनले ‘पुलिसको बर्दी खोस्नपर्छ’ भन्दै प्रहरीले गुण्डागर्दी गरेको आरोप लगाएकी छिन् ।
प्रदर्शनमा पुण्य गौतम, ज्ञानेन्द्र शाहीलगायतका अभियान्ता भनिनेहरु उपस्थित छन् ।
टिप्पणीहरू