भैंसीको मुखमा बम पड्कियो
जंगली जनावर मार्न थापिएको बम विस्फोट हुँदा कपिलवस्तुमा भैंसी घाइते भएको छ । शिवराज नगरपालिका–३ स्थित जंगलमा चर्न गएको भैंसीले बम चपाउँदा मुखमै विस्फोट भएको हो ।
बँदेल मार्नको लागि वन्यजन्तुको आहारामा विस्फोटक पदार्थ मिसाएर बम बनाएर राख्ने गरिएको र चराउन लागेको भैंसीले त्यो चपाउँदा मुखमै विस्फोट भएको बताइएको छ । भैंसी चराउन गएका बालक भने भागेर जोगिएका छन् ।
जंगली जनावर मार्न यस्ता विस्फोटक पदार्थ राखिएको हुनसक्ने प्रहरीले जनाएको छ । चोरी शिकारीका लागि राखिएका यस्ता विस्फोटक पदार्थले मानवीय क्षति पनि हुन सक्ने भएकाले वन कार्यालय र प्रहरी प्रशासनले निगरानी बढाउनु पर्ने स्थानीयले बताएका छन् ।
टिप्पणीहरू