सरकारको आदेशविपरीत राजधानीमै विद्यालय खुल्दै
गोकर्णेश्वर नगरपालिकाले विद्यालयमा भौतिक रुपमा विद्यार्थी उपस्थित गराएर पठनपाठन गराउने निर्णय गरेको छ ।
नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आदेशविपरीत आइतबारदेखि भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
गएको माघ १४ गतेबाट प्रशासनले जारी गरेको आदेशको पहिलो बुँदामा ‘विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा सम्बत् २०७८ माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने, नगराउने’ उल्लेख छ ।
तर, नगरपालिकाको माघ १८ गते बसेको बैठकले माघ २३ गतेदेखि भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने निर्णय गर्दै पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र गरेको हो ।
टिप्पणीहरू