लिफ्टिङ खानेपानी आयोजना उपभोक्ता उपसमिति गठन
पाँचथरमा नवमीडाँडा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गत उपभोक्ता उपसमिति गठन गरिएको छ । समिति पाँचथरको फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडामा गठन गरिएको हो ।
फाल्गुनन्द गाउँपालिका वडा नं.१, साविक नवमीडाँडाका १, २, ३, ४, ५ र ७ नं. वडामा खानेपानी विस्तारमा सहयोग पुर्यउने उद्देश्यले दिलकुमार आङ्देम्बेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा डम्बरप्रसाद बाँस्कोटा, सचिवमा सुन्दर आङ्देम्बे, सहसचिवमा गोलमान मिभोक, कोषाध्यक्षमा नैनकला तुम्बापो (नेम्बाङ) रहेका छन् । सदस्यहरुमा चन्द्रकला फुएँल, रामकुमार आङ्देम्बे, सिता दुलाल र मकरबहादुर तामाङ छन् ।
लुम्फाबुङ–नवमीडाँडा लिफ्टिङ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष गगन लावतीको अध्यक्षता र फाल्गुनन्द गाउँपालिका वडा नं.१ का वडासदस्य तेन्जिङ मोक्तान लामाको उपस्थितिमा समिति गठन गरिएको हो ।
नवमीडाँडा र लुम्फाबुङका स्थानियवासीलाई लक्षित गरी गत केही वर्ष अघिदेखि निर्माण कार्य भइरहेको लुम्फाबुङ–नवमीडाँडा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गत नवमीडाँडाका विभिन्न वडामा खानेपानी विस्तार गर्न समिति गठन गरिएको बताइएको छ ।
टिप्पणीहरू