जुत्ता कारखानामा साढे ९ करोडको क्षति !
झापाको एक जुत्ता कारखानामा हिजो भएको आगलागीमा करोडौंको क्षति भएको छ । मेचीनगर नगरपालिका ६ बर्मेली टोलमा रहेको एसएस फुटवेयरमा भएको आगलागीबाट ९ करोड ५० लाख बराबरको क्षति भएको बताइएको छ ।
जुत्ता कारखानामा हिजो बिहान लागेको आगो साँझ पौने ६ बजेको समयमा नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाठकका अनुसार कारखानाका सञ्चालकले साढे ९ करोड बराबरको क्षति भएको बताएका छन् ।
जुत्ता कारखानामा लागेको आगो निभाउन भारतका दुई सहित १२ वटा दमकल प्रयोग गरिएको थियो । आगोबाट जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत सामाग्री जलेर नष्ट भएका हुन् ।
टिप्पणीहरू