राष्ट्रिय अनुसन्धान विभागभित्रै अनुसन्धानको खाँचो

राष्ट्रिय अनुसन्धान विभागभित्रै अनुसन्धानको खाँचो

कैलाली दरबन्दी रहेर पनि काठमाण्डौमै बसेका गुप्तचर डिआइजी हुतराज थापाको ठाउँमा मधु कार्कीलाई पठाइएको छ । आफू १ नम्बर डिआइजी भएको बताउँदै थापाले प्रशासन विभाग जान खोजेको बताइन्छ ।

यस्तै जागिर अवधि केही महिना मात्र बाँकी रहेका डिआइजी कुलदेव थापाले आफू पहिला बसेको हेटौंडा वा पोखरा रोजेको चर्चा छ । उनी अहिले भ्याली अपरेशन हर्ने डिआइजी हुन् ।

मातहतका कर्मचारी भन्छन्, ‘एक छिन कार्यालय बस्दैनन् । ०४६ सालको ब्याची हाकिमहरु भएकाले होला कसैले केही भन्दैन ।’ उनी केही दिनअघि घुम्दै हेटौंडा पुगेका थिए ।

उता नेता वामदेव गौतमको भाञ्जा पर्नेे डिआइजीले बुटवलको आश गरेका छन् । हेटौंडामा रहेका हरिहर पौडेल बुटवल जान खोजेका हुन् । जागिरको उत्तरार्धमा पुगेका पौडेल लुम्बिनी प्रदेशको नयाँ चहलपहल र विकास परीक्षण गर्न जान खोजेको सुनिन्छ ।

बुटवल क्षेत्रलाई राम्रो आम्दानी हुने एरिया भन्ने गरिन्छ । उनी आफैं एआइजी हुन प्रयासरत छन् भनिन्छ ।

टिप्पणीहरू