राष्ट्रपति अहिले वसन्तपुर जाँदै

राष्ट्रपति अहिले वसन्तपुर जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी अहिले केही बेरपछि काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबार जाँदै हुनुहुन्छ । आज श्रीपञ्चमीको दिन त्यहाँ हुने वसन्त श्रवणको लागि राष्ट्रपति वसन्तपुर जान लाग्नुभएको हो ।

कार्यक्रमअनुसार बिहान साढे १० बजे राष्ट्रपति भण्डारी त्यहाँ पुग्दै हुनुहुन्छ । त्यसअघि प्रधानमन्त्री र मन्त्रीहरुलाई पौने १० बजेभित्र पुगिसक्न निम्तो दिइएको छ ।

राष्ट्रपति हनुमानढोका दरबार पुगेपछि वसन्त श्रवणको कार्यक्रम शुरु हुने छ । कोभिड प्रोटोकल पालना गरेर पूजापाठ गर्ने योजना छ । अन्तमा सरस्वती पाठ र प्रसाद वितरण गरिने हनुमानढोका दरबार स्रोतले बताएको छ ।

टिप्पणीहरू