बिजुलीको अध्यक्षलाई असक्षम भनेर हटाइँदै

बिजुलीको अध्यक्षलाई असक्षम भनेर हटाइँदै

विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको छ । आयोगका पदाधिकारीहरुको कार्यक्षमता सम्बन्धमा गठित छानबिन समितिले स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।

तोकिएको समयभित्र स्पष्टिकरण नदिएको खण्डमा कानुनबमोजिम कारबाही हुने बताइएको छ । सिंहलाई कार्यक्षमताको अभावका कारण पदीय कर्तव्य पालना गर्न सके नसकेका विषयमा छानबिन समितिले मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा १०५ को उपदफा २१ बमोजिम विद्युतीय माध्यम इमेलमार्फत स्पष्टिकरण दिन भनिएको छ ।

समितिले गत शुक्रबार इमेलमार्फत स्पष्टिकरणको सूचना इमेल गरेको हो । समितिले सिंहलाई म्यादभित्रै स्पष्टिकरण पेश नगरे कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

आयोगका पदाधिकारीहरुमा कार्यक्षमताको अभाव देखिएको भन्दै सरकारले छानबिन समिति गठन गरेको हो ।

टिप्पणीहरू