सिंहदरबार अगाडि कालो बेलुन उडाउनेहरु समातिए
स्थानीय तह निर्वाचनको मिति घोषणामा ढिलाई भएको भन्दै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघले कालो बेलु उडाएर विरोध प्रदर्शन गरेको छ ।
आज सिंहदरबारको दक्षिण गेट बाहिरबाट युवासंघका कार्यकर्ताहरुले कालो झण्डा र बेलुन उडाएर विरोध गरेका हुन् । सो क्रममा युवा संघका तीनजना कार्यकर्ता पक्राउ परेका छन् ।
युवासंघले जय लामा, गणेश थापा, अजित लामा लगायतका कार्यकर्ता गिरफ्तारमा परेको भन्दै तत्काल रिहाइको माग गरेको छ ।
टिप्पणीहरू