अष्ट्रेलियाले सीमानाका खोल्ने तयारी थाल्यो

अष्ट्रेलियाले सीमानाका खोल्ने तयारी थाल्यो

कोरोनाको तेस्रो लहरको जोखिम बढेको बताउँदै विदेशी पर्यटकका लागि बन्द गरिएको अष्ट्रेलियाको सीमानाका खुल्ने भएको छ । विद्यार्थी र दक्ष कामदारको निम्ति आंशिक रुपमा खोलिएको सीमानाका अब छिट्टै पूर्ण रुपमा खोल्न लागिएको हो ।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले आज अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि देशको सीमानाका पुनः खोल्ने विषय धेरै टाढा नरहेको बताएका छन् । साथै, उनले यसबारे संसदमा बहस गर्ने जानकारी दिएका हुन् ।

अष्ट्रेलिया आउन चाहने पर्यटकहरुलाई सुरक्षित रुपमा भित्र्याउने प्रयास भइरहेको मोरिसनको भनाइ छ । त्यस्तै, गृहमन्त्रीले समेत विदेशी पर्यटकका लागि अन्तर्राष्ट्रिय सीमाना खुलाउने कुरा आफूहरूको प्राथमिकतामा रहेको बताएकी छन् । जतिसक्दो छिटो पर्यटकका लागि सीमानाका खुला गरिने उनले जानकारी दिएकी हुन् ।

कोरोनाको जोखिम बढेको बताउँदै अष्टे«लियाले २०२० मार्चदेखि अन्तर्राष्ट्रिय पर्यटक प्रवेशमा रोक लगाएको छ । लामो बन्दाबन्दीले त्यहाँ आन्तरिक कामदारको हाहाकार भएको हो ।

टिप्पणीहरू