एमसीसी र गठबन्धन

एमसीसी र गठबन्धन

एमसीसी पास भयो भने नेपालमा के–के हुन्छ भन्थे नि, त्यो त पास नहुँदै नै होला जस्तो छ । एमसीसी पास भयो भने अमेरिकन सेना आउँछ, नेपाल टुक्रिन्छ भन्थे । तर एमसीसी पास हुनुअघि नै गठबन्धनचाहिँ टुक्रेलाजस्तो भइसक्यो । भर्खरै प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभो रे, एमसीसी पास भएन भने गठबन्धन भंग हुन्छ । उहाँले ‘म भंग गर्छु’ भन्नुभएको छैन । ‘भंग हुन्छ’ भन्नुभएको छ । भन्नाले उहाँले होइन अरू कसैले भंग गर्छ । कसले भंग गर्छ त्यो सायद उहाँलाई पनि थाहा छैन । यो एमसीसी भनेकै यही हो । यसले कहिले कहाँ के गर्छ कसैलाई थाहा हुँदैन । प्रधानमन्त्रीलाई त थाहा हुँदैन भने अरुलाई के थाहा ?

बरु डा. बाबुराम भट्टराईलाई चाहिँ थाहा छ जस्तो लाग्छ । उहाँले हालै एउटा ट्विट मार्दै भन्नुभएको छ– एमसीसी पास गरी गठबन्धन बचाऔँ ! अर्थात् एमसीसी पास भएन भने गठबन्धन टुक्रिन्छ । तसर्थ देश बचाउनलाई भन्दा पनि गठबन्धन बचाउनलाई एमसीसी पास गर्नुपर्ने आवश्यकता अहिले आएको छ ।

गठबन्धनलाई केपी ओलीले फुटाउनुहोला कि भन्ने सर्वत्र चिन्ता थियो । एमसीसीले पो फुटाउने देखियो । ओलीलाई आराम भो ।

टिप्पणीहरू