बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, बस चालक फरार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, बस चालक फरार

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका ९, पशुपतिनगरमा विपरित दिशातर्फबाट आइरहेका बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

आज दिउँसो वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ग. १ ख ६१७० नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९३६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका १ चाईना क्वार्टर बस्ने अन्दाजी ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार घिमिरेको टाउको र हातमा गम्भीर चोट लागेको थियो । उपचारका लागि हेटौंडा अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिए पनि बसका चालक भने फरार छन् । उनको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू