भन्सार एजेन्ट परीक्षाको मिति तोकियो
भन्सार एजेन्टको परीक्षा आगामी फागुन २८ गते हुने भएको छ । भन्सार विभागले आज एक सूचना जारी गर्दै फागुन २८ गते दिउँसो दुई बजेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो ।
परीक्षा केन्द्र भने पछि सार्वजनिक गरिने विभागले बताएको छ । यसअघि २०७८ जेठ २२ मा तोकिएको परीक्षा कोरोना महामारीको बढ्दो जोखिमका कारण स्थगित भएको थियो ।
त्यसपछि फेरि आगामी माघ २९ गते तोकिएको परीक्षा पनि स्थगित गरिएको थियो ।
२०७७ साल चैत १६ गते भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरिएको थियो । ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएका छन् ।
टिप्पणीहरू