एकैदिन १४ सय ड्राइभरमाथि कारवाही
काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय ३८ जना ड्राइभर कारवाहीमा परेका छन् । हिजो उपत्यकाका विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९७ जना, क्षमता भन्दा बढी यात्रु राख्ने १५ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ८५ जना रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २० जना र मापसे गरेर सवारी साधन चलाउने ३५ जनालाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
टिप्पणीहरू