सत्ता गठबन्धनका शीर्ष नेताको आकस्मिक बैठक बालुवाटारमा शुरु
प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता शुरु भएको छ । तीन नेताबीच बिहान १०:३५ बजेबाट भेटवार्ता शुरू भएको हो ।
“उहाँले जसरी पनि यही अवस्थामा एमसिसी पास गर्न प्रधानमन्त्री देउवा कस्सिए सरकार छाड्ने या के विकल्प खोज्ने भन्नेवारे हिजो आफ्नो पार्टीबाट सरकारमा रहेका अर्थ र उर्जा मन्त्रीसहित शिक्षा राज्यमन्त्री बोधकुमारी यादवसङ्ग हिजो बिहान मातृका यादवसहितलाई राखेर एक सरो परामर्श लिनुभएको छ ।”
उक्त भेटका निम्ति डा.शेखर कोइरालालाई बिदा गरेर प्रचण्ड खुमल्टारबाट सोझै बालुवाटार पुग्नुभएको छ । उहाँले जसरी पनि यही अवस्थामा एमसिसी पास गर्न प्रधानमन्त्री देउवा कस्सिए सरकार छाड्ने या के विकल्प खोज्ने भन्नेवारे हिजो आफ्नो पार्टीबाट सरकारमा रहेका अर्थ र उर्जा मन्त्रीसहित शिक्षा राज्यमन्त्री बोधकुमारी यादवसङ्ग हिजो बिहान मातृका यादवसहितलाई राखेर एक सरो परामर्श लिनुभएको छ ।
हिजै दिउँसो उहाँले बालुवाटार पुगेर प्रधानमन्त्रीसङ्ग २० मीनेट संक्षिप्त वार्तासमेत गर्नुभएको थियो ।
टिप्पणीहरू