मूल्यवृद्धी खारेजीको माग गर्दै विरोध प्रदर्शन

मूल्यवृद्धी खारेजीको माग गर्दै विरोध प्रदर्शन

पेट्रोलियाम पदार्थमा भएको मूल्यवृद्धी खारेजीको माग गर्दै राजधानीमा विरोध प्रदर्शन भएको छ । आज बानेश्वरमा नेकपा एमाले निकट युवा संघले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले इन्धन तथा अन्य वस्तुमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । उनीहरुले मूल्यवृद्धि खारेज गर, गुमेको भूभाग फिर्त गर जस्ता सरकार विरोधी नारा लगाएका थिए ।

नेपाल आयल निगमले गत साता पेट्रोलियम पदार्थमा पछिल्लो पटक मूल्यवृद्धी गरेको छ ।

टिप्पणीहरू