हिजो शुरु गरिएको आन्दोलन आज स्थगित

हिजो शुरु गरिएको आन्दोलन आज स्थगित

राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको जारी आन्दोलन स्थगित भएको छ । पाँच बुँदे सहमतिपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी संघले पाँच बुँदे माग राख्दै हिजोदेखि थालेको आन्दोलन आज स्थगित भएको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताएका छन् । उनले कर्मचारीबीच भएको वार्तापछि सहमति जुटेको जानकारी दिए ।

गत साउन २५ गते बोर्डका सदस्य सचिव दुर्गा अर्याललाई पाँच बुँदे मागपत्र पेश गरेको र पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको भन्दै कर्मचारी संघका अध्यक्ष नरेन्द्रप्रसाद ढकाल नेतृत्वमा आन्दोलन थालिएको थियो ।

टिप्पणीहरू