राप्रपा छोडेका थापा पूर्व हानिए
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेका कमल थापा प्रदेश १ को भ्रमणमा निस्केका छन् । नयाँ पार्टी दर्ता गर्ने तयारीमा रहेको भनिएका बेला उनी मोरङ, सुनसरी र झापाका हिन्दुवादी अगुवाहरूसँग भेटघाट गर्न आज पूर्व हानिएका हुन् ।
यसअघि सक्रिय राजतन्त्र बोकेर हिँडेका थापा राप्रपा छोडेसँगै गणतन्त्रको कित्तामा पुगेका छन् । उनले बनाउने भनेको नयाँ पार्टीले राजतन्त्र छोडेर हिन्दुत्वको मात्रै मुद्धा बोक्ने उनले सार्वजनिक घोषणा गरिसकेका छन् । भ्रमणका क्रममा उनले यसैबारे निकटहरुको राय लिने बताइएको छ । यो सिलसिला प्रदेश १ पछि उनले अन्य प्रदेशमा पनि चल्ने थापानिकट नेताहरुले बताएका छन् ।
राप्रपाका नेता कार्यकर्तासँगै सेवा निवृत्त सुरक्षाकर्मीदेखि सरकारी कर्मचारीसम्म थापाले दर्ता गर्न लागेको पार्टीमा समाहित हुने बताइएको छ ।
महाराजगन्जको एउटा होटलमा हिजो थापा समर्थित नेताहरू सम्मिलित बैठकले उनलाई नै पार्टी दर्ता प्रक्रियाको काम गर्ने जिम्मेवारी दिएको छ । जिम्मेवारी पाएलगत्तै उनी राय सुझावका लागि भन्दै प्रदेशस्तरमा समर्थितहरूसँगको भेटघाटमा निस्केका हुन्।
टिप्पणीहरू