बीमा कम्पनीका कर्मचारीको शैक्षिक योग्यता शंकाको घेरामा

बीमा कम्पनीका कर्मचारीको शैक्षिक योग्यता शंकाको घेरामा

बीमा समितिले बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यता छानबिन थालेको छ । बीमा कम्पनीहरुमा कार्यरत धेरै कर्मचारीको शैक्षिक योग्यता नक्कली रहेको सूचनाका आधारमा समितिले छानबिन कार्य अघि बढाएको हो ।

गत माघ २० गते समितिले बीमा कम्पनीहरुलाई पत्राचार गर्दै शैक्षिक योग्यताको विवरण माग गरेको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सात दिनको समयसीमा तोकेर शैक्षिक प्रमाणपत्रको माग गरेका हुन् ।

पछिल्लो समय बीमा कम्पनीमा नक्कली प्रमाणपत्र बुझाएर जागिर खाने प्रवृत्ति बढ्दो छ र बेलाबखत यो विषयमा उजुरीसमेत पर्ने गरेको छ । हाल यो विषयमा अनुसन्धान भइरहेको समितिले बताएको छ ।

त्यस्तै, आफ्नो योग्यताभन्दा बढीको नक्कली विवरण पेस गरी जागिर खानेलाई कारबाही गर्ने समितिको भनाइ छ ।

टिप्पणीहरू