१२ वर्ष मुनिकालाई आलोपालो पढाइने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १२ वर्षमुनिका विद्यार्थीलाई आलोपालो बोलाएर पठनपाठनको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
मन्त्रालयले आज ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै १२ वर्ष उमेर पूरा भएका विद्यार्थीको हकमा नियमित रूपमा तथा त्यसभन्दा मुनिकालाई आलोपालो दिनमा कक्षा सञ्चालन गर्न आग्रह गरेको हो ।
गत माघ २३ गते सीसीएमसीसीले गरेको सिफारिसलाई कार्यान्यवनमा लग्दै मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना गरेर कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
मन्त्रालयअन्तर्गत विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले विश्वविद्यालय, ट्युसन, तालिम तथा अन्य प्रकारको शेक्षिक कार्यक्रमहरु पनि मापदण्डभित्र रहेर सञ्चालन गर्न भनेको छ ।कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको २३ गतेको सिफारिसअनुसार विश्वविद्यालय, विद्यालय, ट्यूसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी २०७८ फागुन १ गतेबाट सञ्चालन गर्ने भनिएको छ ।
विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्थाका लागि गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएकाले सोहीअनुसार नै कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको हो ।
टिप्पणीहरू