सिन्धुपाल्चोकमा अब ई-पासपोर्ट

सिन्धुपाल्चोकमा अब ई-पासपोर्ट

सिन्धुपाल्चोकमा आजबाट विद्युतीय राहदानी वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले अनलाइनबाट आवेदन भरेकामध्ये सीता रघुलाई विद्युतीय राहदानी वितरण गरेका हुन् ।

अनलाइन फारम भरेको बढीमा १५ दिनमा ई-पासपोर्ट आइसक्ने प्रमुख जिल्ला अधिकारी खनालले बताए । ई-पासपोर्ट बनिसकेका व्यक्तिको मोबाइलमा म्यासेज आएपछि प्रशासनमा लिन जान सक्नेछन् ।

सिन्धुपाल्चोकमा अनलाइनबाट आवेदन भरेका ३४ जनाको ई-पासपोर्ट बनिसकेको छ । गत ९ माघमा सिन्धुपाल्चोकमा पनि अनलाइनबाट ई–पासपोर्टका लागि फारम भर्न सकिने व्यवस्था गरिएको थियो । अहिलेसम्म २०० जनाले अनलाइनबाट फारम भरेका जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका नायव सुब्बा हरिराम न्यौपानेले बताए ।

टिप्पणीहरू