बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आह्वान

बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आह्वान

सिन्धुपाल्चोकस्थित हेलम्बु गाँउपालिकाले रोजगारी नभएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विगत एक दशकदेखि सुरुवात गर्दै आएको कार्यक्रममा सहभागी हुन गाउँपालिकाले आग्रह गरेको हो ।

आज एक सूचना जारी गर्दै पालिकाले बेरोजगार व्यक्तिहरुलाई रोजगारीको निम्ति फाराम भर्न आग्रह गरेको हो । आगामी आर्थिक वर्ष २०७९ र ०८० मा स्थानीय तह मातहत रहेका व्यक्तिहरुलाई सूचीकृत गर्न भनेको छ ।

साथै, १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणको काममा योगदान गर्न १८ देखि ५९ उमेर समूहका ईच्छुक व्यक्तिहरुले २०७८ साल फागुन मसान्तभित्र आफू स्थायी रुपमा बसोबास गर्ने वडामा गएर फारम भर्न भनिएको छ ।

कार्यक्रममा सहभागी हुनेहरुले आफ्नो र परिवारका सदस्यको एक एक प्रति नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,पासपोर्ट साइजको फोटो र सीपमुलक तालिम लिएको भए सो को कागजात पनि पेश गर्न भनिएको छ ।

टिप्पणीहरू