विप्लवका बिध्यार्थी एमसिसीविरुध्द रानीपोखरी छेवैमा
अखिल क्रान्तिकारी विप्लव निकट विद्यार्थीहरुले भर्खर त्रिचन्द्र कलेज अगाडि प्रर्दशन गरेका छन् । नो एमसीसी लेखिएको व्यानरसहित नारा लगाउँदै उनीहरुले कलेजको मेन गेटअगाडि प्रदर्शन शुरु गरेका हुन् ।
अखिल क्रान्तिकारी त्रिचन्द्र कलेज कमिटीको आयोजनामा प्रदर्शन गरिएको हो । काठमाडौं जिल्ला कलेज इन्चार्ज रविन केसीको नेतृत्वमा गरिएको प्रदर्शनमा एक दर्जन बढीको उपस्थिति रहेको छ । विप्लव निकट संगठनले अमेरिकी परियोजना चाहिँदैन भनेर बेलाबेलामा आन्दोलन गर्दै आएका छन् ।
टिप्पणीहरू