अनि शुरु भयो ५० लाखदेखि बार्गेनिङ्ग
आई विल टेक एक्सन यु
‘ईफ यु नट सेन्ड मी मनि इन माइ एसी आई विल टेक एक्सन यु’ टुटे फुटेको अङ्ग्रेजीमा धम्कीपूर्ण भाषासहित ५० लाख मागेर २० लाखसम्म झर्दा पनि सुको नपाएपछि भारतबाट एक जना ब्ल्याकमेलरले अन्तिममा लेखे-एक बर्ष कुर्दा पनि पैसो आएन,अब म त्यो अडियो अपलोड गर्छु,अलविदा ।
ती ब्ल्याकमेलरले आफ्नो पहिचान खुलाउँदै ५० लाख रकम माग गर्नुपर्नाको कारण पनि खुलाएका छन्,‘इफ यु अक्सेप्ट माई डिमान्ड वी डिलिट योर भ्वाइस विदिन ट्वेन्टीफोर आवर्स,सेन्ड फिप्टी लाख । आई एम जगत ओली’
जोसँग रकम मागिएको हो उनैले कुनै प्रतिक्रिया नजनाएपछि ओलीले बार्गेनिङ रकम घटाउँदै फेरि लेखे, ‘सेन्ड मी ट्वेन्टी लाख सुन,यु आर सो सेल्फिस एण्ड रिप्लाइ मी’ । तर यो धम्कीको पनि कुनै सुनुवाइ भएन र ओलीले अन्त्यमा लेखे, ‘मैले पहिले नै एक वर्ष कुरेँ र आज समाचार लोड भयो । अलविदा’ यो संवादले मुम्बई बस्छु भन्ने ओली व्ल्याकमेलर हुन् भन्ने अनुमान लगाउन सकिन्छ ।
उनले यो व्ल्याकमेलिङको प्रयास कुनै व्यापारी,ठेकेदारसँग गरेका भने होइनन्,यो मुलुकको जिम्मेवार पदमा रहेका बहालवाला पर्यटन मन्त्री प्रेम आलेलाई गरेका हुन् । उनले मन्त्री आलेविरुध्द कुन अनलाइनमा कस्तो समाचार अप लोड गरे केही थप लेखेनन् । मात्र फेसबुकमा अभिव्यक्ति स्वतन्त्रताको गलत उपयोग गर्दै मन्त्री आलेको सार्वजनिक सवारी साधन चढेको (सम्भवतःएयरपोर्टमा सर्वसाधारणलाई आतेजाते गराउने गाडी) को फोटो राख्दै लेखेका छन्,‘हैट,गैंडा गाडी पनि चढन थालेछ ।’
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीविरुध्द ४ नोभेम्बर २०२१ मा लेख्छन्, ‘सुशीला कार्की नालायक अनि कलंकले कस्ता कस्ता कुतर्क गर्छ !’
नियमन गर्ने निकायको सक्रियताको अभावमा अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाउन सफल ओलीको यो शृङ्खला यतिमै सीमित रहेन । उनले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पुष्पकमल दाहाललाई मनपर्दी ढंगले खुइल्याएका छन् । उनले २३ अक्टोबर २०२१ मा प्रचण्डको जीपलाइन उद्घाटनको फोटोमा लेखे,‘टेरोरिस्ट’ र प्रचण्डको फोटोलाई कट्टी गर्दै लेखे, ‘राष्ट्रिय चोर’ ३ नोभेम्बरमा प्रचण्डले लगाएको मालालाई व्यङग्य गर्दै लेख्छन्, ‘कुकुर तिहारको सबैलाई शुभकामना’ ।
शालिन ढंगले नलेख्ने ओलीले हद त त्यसबेला नाघे,जब सबैले सहजै थाहा पाउने गरी युवायुवतीको तस्वीरको टाउको छाँटेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको टाउको जोडेको र कम्मर समातेको फोटो पोस्ट गरे ।
राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीको बद्नाम हुने यस्तै फोटो पोस्ट गर्नेविरुध्द साइबर अपराधमा मुद्दा दायर भएका थिए । उनीहरुले जेल सजाय पनि पाएका थिए । तर,यो सरकारको बहालवाला मन्त्रीलाई धम्क्याउँदा पनि ओलीले उन्मुक्ति पाइ नै रहेका छन् । कुनै कानूनी कार्वाही भएको पाइन्न ।
त्यसैले होला ओली हौसिदैं पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीविरुध्द ४ नोभेम्बर २०२१ मा लेख्छन्, ‘सुशीला कार्की नालायक अनि कलंकले कस्ता कस्ता कुतर्क गर्छ !’ उनले आफ्ना विरोधी विचारका कुनै पात्रलाई बाँकी राखेका छैनन् । परराष्ट्र मन्त्री डा.नारायण खड्काले बोलको २३ अक्टोबर २०२१ को समाचारमा टिप्पणी गर्दै लिङ्क सार्वजनिक गरेका छन्, ‘अझै खातेहरु काँग्रेस काँग्रेस गर्छन् हो ।’ यसले उनको झुकाव कुन राजनीतिक दलतिर छ भन्ने कुरा अनुमान लगाउन सकिन्छ ।
ओलीले फेसबुकमार्फत् १२ डिसेम्बर २०२१ मा कैलालीको भुपेन्द्र हत्याकाण्डमा सँलग्न नवीन रावलको संरक्षणमा भीम रावल र झपट रावललाई दोषारोपण गरेका छन् । त्यसैगरी दिनेश खबर डटकमको ‘सुदूरपश्चिमका मन्त्रीको खुलासाः पार्टी फुटाउन प्रदेश सरकारले साढे ४ करोड छुट्याएको छ’ भन्ने शीर्षकको समाचार लिङ्क सार्वजनिक गर्दै आफ्नो टिप्पणी लेखेका छन्न,‘हैट केटीकाण्डवालाले साँचो बोलेको त होला चुनावपछि त्यही ४ करोड लिएर केटी खेलाएर बस्नु,बाँकी सम्झने पानी छम्किने ।’
ओलीले सूचना प्रविधिको दुरुपयोगमा आफ्नो ल्याकत र दिमागलाई कसरी उपयोग गरेका छन् भन्ने कुरा ९ डिसेम्बर २०२१ मा नेपाली काँग्रेसका महामन्त्री गगन थापाविरुध्द राखेको फोटो र टिप्पणीले प्रष्ट पार्छ,उनी लेख्छन्,‘ब्राखा व्यापारीले भन्थ्यो शेरेले सपथ लिएको दिन सरकार कसरी चलाउन पर्छ हामी देखाउँछौं, अहिले काँग्रेसलाई पनि यसरी चलाउँछन् होला जिते’ यो पोस्टमा गगन थापाको टाउको जोडेर कार्यकक्षमा बाख्रा बाँधेको फोटो राख्न मात्र भ्याएका छैनन् लोकतन्त्रको ‘पर्यायवाची काँग्रेस’ भन्दै खिसिट्युरी पनि गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् सर्वसाधारणदेखि नेतासम्मलाई खुइल्याउन कुनै कसर बाँकी नराख्ने र अभिव्यक्ति स्वतन्त्रताको नाममा स्वच्छन्दता प्रदर्शन गर्नेहरुलाई तह लाउने नेपालमा कानूनी सँयन्त्रको अभाव भएकै हो वा कसैले चासो नदिएकै हुन् ? प्रश्न उठाउने बेला भएको छ ।
टिप्पणीहरू