एमसीसीको ५० लाख डलर अमेरिकामै खर्चन सुझाव
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीले नेपाललाई दिन लागेको पैसा अमेरिकामा नै खर्च गर्न एकीकृत समाजवादी पार्टीका नेता मेटमणी चौधरीले सुझाव दिएका छन् । चौधरीले एमसीसी उपाध्यक्ष सुमारलाई पत्र लेख्दै एमसीसी बापतको ५० लाख अमेरिकी डलर अमेरिकी जनताकै सेवामा खपत गर्न सुझाएका हुन् ।
चौधरीले अमेरिकाको भन्दा नेपालको अवस्था धेरै राम्रो रहेको पत्रमार्फत उपाध्यक्ष सुमारलाई अवगत गराउँदै उक्त रकम सडकमा सुत्ने आफ्ना नागरिकको उद्दारमा लगानी गर्न भनेका हुन् ।
उनले अमेरिका बाहिरबाट हेर्दा जति समृध्द देखिएपनि भित्रबाट धेरै खराब र दयालाग्दो मुलुक भएको बताए । त्यहाँ ५ लाखभन्दा बढि नागरिक सडकमा कागज ओढेर सुत्न बाध्य रहेको उल्लेख गर्दै चौधरीले नेपालको जनसंख्याभन्दा दोब्बर ५ करोड ६० लाख जनता गरिबीको रेखामुनि रहेकोसमेत बताएका छन् ।
“पढेलेखेकी मान्छेले नेपाली समाजको मनोविज्ञान बुझ्ने किन प्रयास नगरेको,हामीलाई चाहिन्न भन्दाभन्दै एमसीसी पास गर्न नेताहरूका घर–घरमा किन चहारिरहेको र कहिलेकाँही घुमाउरो तरिकाले धम्की दिएको भनेर प्रश्नसमेत तेर्स्याएका छन् ।”
कैयन अमेरिकीले दिनमा २ डलर मात्रै कमाउने र उक्त आमदानीबाट १ बोतल पानी,६ वटा अण्डा र १ वटा बर्गरमा बाँच्न बाध्य रहेको समेत उपाध्यक्ष सुमारलाई लेखिएको पत्रमा उल्लेख छ । अमेरिकामा स्वासथ्य उपचार खर्च पनि अत्याधिक महंगो भएको र जसका कारण बाल मृत्युदर निकै उच्च रहेको स्मरण गराइएको छ ।
चौधरीले पत्रको अन्त्यमा सुमारसँग केही जिज्ञाशा रहेको बताउँदै पढेलेखेकी मान्छेले नेपाली समाजको मनोविज्ञान बुझ्ने किन प्रयास नगरेको,हामीलाई चाहिन्न भन्दाभन्दै एमसीसी पास गर्न नेताहरूका घर–घरमा किन चहारिरहेको र कहिलेकाँही घुमाउरो तरिकाले धम्की दिएको भनेर प्रश्नसमेत तेर्स्याएका छन् ।
टिप्पणीहरू