रक्षा मन्त्रालयभित्र छिरेको कुखुरा समातियो,अनुसन्धान शुरु
हरेक मुलुकको आ-आफ्नो ऐन कानुन हुन्छ । कानुन मिचेर काम गर्नेलाई पक्राउ गरिनु स्वाभाविकै हो । तर,कुखुरालाई पनि कानुन मिचेको आरोपमा पक्राउ गरिएको दुर्लभ घटना अमेरिकामा घटेको छ ।
पेन्टागनस्थित रक्षा मन्त्रालयको सुरक्षा क्षेत्रभित्र लुसुक्क छिरेको अभियोगमा एउटा कुखुराको पोथीलाई पक्राउ गरिएको हो । एनिमल वेलफेयर लीग अफ अर्लिंगटनका अनुसार सोमबार बिहानै उक्त पोथी कुखुरा रक्षा मन्त्रालय परिसर क्षेत्रमा देखा परेको थियो ।
उक्त कुखुरालाई मन्त्रालयका अधिकारी वा सेनाले नभई जनावर कल्याण संस्थाका कर्मचारीले नियन्त्रणमा लिएका हुन् । उक्त कुखुरा ठ्याक्कै कहाँबाट आयो र पेन्टागनभित्र कसरी छिर्यो यस विषयमा अनुसन्धान भइरहेको छ ।
खैरो प्वाँखा र रातो टाउकोसहितको उक्त कुखुरा रोड आइल्याण्ड रेड जातको कुखुरा हो । उक्त कुखुराको नाम हेन्नी पेन्नी राखिएको छ ।
टिप्पणीहरू