आगलागीबाट जोगिन ‘फायर हाइड्रेन्ट गेट भल्भ’

आगलागीबाट जोगिन ‘फायर हाइड्रेन्ट गेट भल्भ’

आगलागीको उच्च जोखिममा रहेको खोटाङको दिक्तेलबजारमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको छ । दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तरगत दिक्तेलबजारका १० स्थानमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो ।

खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुग्दा आज फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण गरिएको छ । दिक्तेलबजारमा आगलागी भएको बेलामा पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्ने सकिने गरी गेट भल्भ तयार पारिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।

पहाडी जिल्लामा दिनानुदिन आगलागीका घटना बढिरहेको बेला दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण गरिएको हो । १८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवं शुद्ध पानी वितरण गर्ने लक्ष्यका साथ २०७५ को १४ चैत देखि खानेपानी तथा सरसफाइ योजनाको काम सुरु गरेको थियो । सोही आयोजनाअन्तर्गत अग्नि नियन्त्रणका लागि फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो ।

टिप्पणीहरू