ट्याक्सी र टायर बाल्नेहरु समातिए
एमसिसी प्रतिनिधिसभामा पेश हुने भनिएको विरोधमा आज फागुन ४ बन्द आयोजना गर्दै हिंड्ने केहीलाई प्रहरीले पक्रेको छ ।
एकथरीले बिहानै कोटेश्वरमा ट्याक्सी जलाउन खोजेका थिए भने सवा छ बजे ललितपुर महानगरपालिका-१२ स्थित राष्ट्रिय बाणिज्य बैंकअगाडि टायर बाल्न खोज्नेहरु समातिएका छन् ।
शुरुमा टायर बाल्नेलाई नेपाल प्रहरीले तितरबितर पारेको र तीमध्ये बिप्लव नेकपाका ललितपुर महानगरपालिका ईन्चार्ज महेश बज्राचार्य (बज्र) सहित बिकेश महर्जनलाई समातेर जाउलाखेल प्रहरी परिसर लगिएको बताइन्छ ।
टिप्पणीहरू