डलर बाहिरै जाम, कर्मचारी कमरेडहरूको नाम
नेपालमा अहिले किन विदेशी मुद्रा सञ्चिती कम भइरहेको छ रु यसको कारण खोतल्ने हो भने शिवराज श्रेष्ठ डेपुटी गभर्नर हुँदाको एउटा निर्णयमा पुग्नुपर्ने हुन्छ ।
जतिखेर शिवराज राष्ट्र बैंकको डेपुटी थिए त्यही समय उनले एक पटकमा १ हजार डलर अर्थात् १ लाख नेपाली रुपैयाँसम्म भुक्तानी दिन सकिने निर्णयमा हस्ताक्षर धस्काएका रहेछन् । त्यसअघि विदेशी मुद्राको भुक्तानी दिँदा बैंकमार्फत दिने चलन थियो ।
रेमिट्यान्स कम्पनीसँगको प्रभावमा परेर सो निर्णय धस्काउँदाको प्रत्यक्ष फाइदा हुण्डी कारोबारीलाई भइदियो । यो विषय भर्खरै अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञात नभएको होइन तैपनि उनी प्वाल टाल्न डराइरहेको देखिँदै छ । यही कारण डलर विदेशतिरै जाम भइरहेको छ र नेपालमा डलर सञ्चिति कम हुँदै गएको छ ।
उता, एमाले पार्टी विभाजनको असर कर्मचारीमा परेको छ । ०५४ सालमा एमाले फुटेर माले हुँदासमेत नफुटेको कर्मचारी संगठन औपचारिक रूपमा विभाजन भएको छ । मोहन घिमिरेको संयोजकत्वमा एकीकृत सरकारी कर्मचारी संगठन जन्मिएको छ । जसको ३५ सदस्यीय सचिवालय र २०१ सदस्यीय राष्ट्रिय अधिवेशन आयोजक समिति छ ।
संगठनले वैशाखको स्थानीय तह निर्वाचनअगावै ९२३ र २४ गते० राष्ट्रिय अधिवेशन गर्दै छ । ओलीनिकट नेपाल निजामती कर्मचारी संगठनलाई छाडेर अमृता रावल, केदार अधिकारी, गगन सिंह बिष्ट, गोरबहादुर बुढा, चुडाबहादुर जिसी, चेतनाथ न्यौपाने, जयकान्त झा, जयदेव जोशी, जीवन भण्डारी, टंकनाथ ज्ञवाली, टोप थापा, दयाराम खत्री, दिनेश लम्साल, नृपराज जोशी, नारद धमला, प्रकाश राई, बखतबहादुर खड्का, भीमबहादुर विष्ट, भुवन राई, मधु मिजार, मोहन गिरी, यामबहादुर खत्री, रमेश भण्डारी, राजकुमार दास, राजन रेग्मी, राजेन्द्र सुवेदी, वेदप्रसाद खतिवडा, शरणकुमार गुरुङ, सावित्रा कट्टेल, सीता गुरुङ, सुनैना श्रेष्ठ, श्याम सापकोटा, हरिकाजी राई र हरिदत्त जोशी सो संगठनमा संगठित भएका छन् ।
अधिकृतभन्दा माथिका कर्मचारीलाई ट्रेड युनियनको अधिकार दिइएको छैन तर शिक्षा मन्त्रालयका उपसचिव देवकुमार बराल पार्टीको पेशागत जिल्ला कमिटीमा छन् ।
यस्तै, शिक्षा मन्त्रालयका खेम पोखरेल, स्थानीय निकायमा कार्यरत विद्या सुवेदी, सञ्चारका वेदनाथ नेपाल, महिला बालबालिका मन्त्रालयकी सविता दंगाल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका वामदेव ओलीलगायत एमालेको पेशागत जिल्ला कमिटीमा रहेर चोलेन्द्रविरुद्ध महाभियोग दर्ता भएको दिन जुम मिटिङ गरेका छन् ।
पहिला एकीकृत कर्मचारी संगठनमा आबद्ध गगनसिंह बिष्ट, ९परराष्ट्र० का राजन रेग्मी, भन्सारका पुण्यविक्रम खड्का, गृहका विष्णु लामिछानेहरू माधव नेपालतिर खुलेका छन् । २ हजार कर्मचारीमध्ये १४ सय एकातिर खुलेको अभिलेख आएको छ ।
टिप्पणीहरू