धादिङ र नुवाकोटमा पनि बन्दको प्रभाव,यात्रुवाहक सवारी ठप्पै
नेकपाको ६ दलीय गठवन्धनले आव्हान गरेको बन्दको प्रभाव धादिङ र नुवाकोटमा पनि परेको छ । एमसीसी सदनमा टेबल हुन लागेको विरोधमा गठबन्धनले बन्द आव्हान गरेको हो ।
पृथ्वीराजमार्ग,धादिङ – मलेखु सडक खण्ड र नुवाकोटको गल्छी त्रिशुली सडक खण्डमा छिटपुट निजी सवारीबाहेक सार्वजनिक सवारी गुडेका छैनन् । मालवाहक लोड ट्रकहरु भने गुडिरहेका छन् ।
बन्दकर्ताहरु सडकमा देखिएका छैनन् । प्रहरीले राजमार्गको शान्तिसुरक्षा चुस्त पारेको छ । उच्च सतर्कता अपनाउन र निगरानी बढाउन भनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपाल बन्दको बिषयमा गृह मन्त्रालयले सुरक्षा ब्यवस्था चुस्त बनाउन हिजो साँझै प्रहरी प्रधान कार्यालय,सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई परिपत्र गरेको थियो ।


टिप्पणीहरू