दर्ता होला त आज सँसदमा एमसिसी ?
प्रधानमन्त्री शेरबहादुर देउवाले मसक्क आँटेर अनि नेपाली काङ्ग्रेसले बकाइदा निर्णय नै गरेर अमेरिकाद्वारा निर्धारित समयसीमाभित्रै उसको सहयोग सम्झौता एमसिसी आज प्रतिनिधिसभामा दर्ता गर्ने योजना छ । यसैनिम्ति बिहान ११ बजे सभामुखलाई सँसदमा उपस्थित सबै दल सम्मिलित कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाउन भनिएको छ ।
हिजो बिहान सत्तारुढ तीन दलका अध्यक्षसहित कानून मन्त्री बसेर यश बिषयमा छलफल भएको छ,त्यसलगत्तै कानून मन्त्री र सभामुखवीच छुट्टै सल्लाह पनि गरिएको छ । उता दलहरुका आफ्नै अडान छन् । एमालेले सँसद अवरोध जारी राख्ने घोषणा गरिसकेको छ भने माओवादी र समाजवादीले बैठक सन्चालन हुने वातावरण नबन्दासम्म कानून मन्त्रीले एमसिसी सम्झौता अनुमोदनको प्रस्ताव नै राखे पनि त्यसउपर छलफलको वातावरण नबन्दासम्म आफूवीचको सहमतिले मात्रै पार नलाग्ने अडान आजको बैठकमा राख्न लागेको बुझिएको छ ।
टिप्पणीहरू